कोरोनाबाट महोत्तरीमा थप २ जनाको मृत्यु

जनकपुरधाम । कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण महोत्तरीमा थप २ जनाको मृत्यु भएको छ । मंगलबार कोरोना संक्रमण पोजेटिभ रहको २ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

मनरा सिस्वा नगरपालिका वडा नं. ५ का ७५ वर्षीय एक पुरुषको उपचारको लागि जिल्ला अस्पताल जलेश्वर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । क्यान्सर रोगी उनमा कोरोना संक्रमण पोजेटिभ पाइएपछि जलेश्वरस्थित आइसोलेशनमा लगिँदै गर्दा बाटोमै मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी, बलवा नगरपालिका वडा नं. ३ का ६६ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको कार्यालयका सुचना अधिकारी गिरेन्द्र झाले जानकारी दिए । उनको ढाडमा लामो समयदेखि समस्या थियो । योसँगै महोत्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ जना पुगेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस