सप्तरीमा ३ जना नयाँ कोरोना संक्रमित, ९ जना निको भएर घर फर्किए

राजविराज । सप्तरीमा मंगलवार थप ३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । राजविराज, हनुमानागर कंकालिनी र सुरुङ्गा नगरपालिकाका १–१ गरी ३ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

कार्यालयका प्रमुख दनुीयालाल यादवका अनसार राजविराज नगरपालिकाका ७ का १ जना, सुरुङ्गा नगरपालिका–११ का १ जना र हनुमाननगर नगरपालिका–५ का १ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित तीनै जना पुरुष रहेका छन् । योसँगै संक्रमितको संख्या ७३७ पुगेको कार्यालयको तथ्यांकमा छ ।

यसैगरी, मंगलवार मात्रै ९ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै कोराना मुक्त हुनेको संख्या ५३० जना पुगेको प्रमुख यादवले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस