देशभरमा २४ घण्टामा ३१३ कोरोनामुक्त भए

जनकपुरधाम । देशभरमा पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनंख्या मन्त्रालायका अनुसार योसँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या १९ हजार ११९ पुगेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा ८५५ संक्रमित थपिएका हुन् । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १३ हजार रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार ३२७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

हालसम्म जम्मा ६ लाख २१ हजार ९०१ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन ८ हजार ५८१ जना र होम आइसोलेसनमा ५ हजार ६६९ रहेका छन् । आजसम्म देशभर १० हजार ४५३ जना क्वारेन्टिनमा रहेका छन् ।

बागमती प्रदेशमा १५ जना भेन्टिलेटरमा रहेका छन् भने देशभर १३८ जना आईसीयूमा रहेका छन् । जसमा सबैभन्दा बढी बागमती प्रदेशका ५७ रहेका छन् । पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्ला सात रहेका छन् ।

मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा र काठमाडौं रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ । देशभर कोरोना भाइरस संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस