सुनको मुल्य फेरी घट्यो

जनकपुरधाम । आइतवारदेखि घट्न थालेको सुनको भाउ निरन्तर झर्दै गएको छ । आज (मंगलबार) पनि घट्ने क्रम जारी रह्यो । सोमबारको तुलनामा मंगलबार सुन तोलामा ७ सय रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावल सुन तोलाको ९७ हजार २ सय कायम गरेको छ । सोमबार तोलाको ९७ हजार ९ सय कायम गरिएको थियो । यसैगरी, तेजाबी सुनको भाउ पनि तोलाको ९६ हजार ७ सय कायम भएको छ ।

सोमबार तोलाको ९७ हजार ४ सय निर्धारण गरिएको थियो । मंगलवार चाँदीको भाउ तोलाको १३ सय २० रुपैयाँमै स्थिर महासंघले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस