कोरोनाविरुद्ध सशक्त उत्रेका सप्तरी युथ नेपालआवद्ध युवाहरु

राजविराज । बढ्दो कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रण कार्यमा सक्रियताकासाथ लागेको सप्तरी युथ नेपालले चौतर्फी प्रशंसा बटुलिरहेको छ । महामारीको बेला पनि सप्तरी युथ नेपालआवद्ध युवाहरुले प्रेरणादायी भुमिका खेलिरहेको भन्दै चौतर्फी चर्चाकासाथै प्रशंसा भइरहेको छ । सप्तरीमा संक्रमण बढेसँगै युवाहरुले सरसफाई, किटनाशक औषधी छर्किने तथा ‘सेनिटाइज’ गर्ने कार्य थालेका छन् ।

सो कार्य अझै जारी रहेको छ भने सरफाई, किटनाशक औषधी छर्किने र सेनिटाइज गर्ने कार्यमा यहाँका सरकार, गैरसरकारी संघ संस्था, राजनितिकर्मी, वृद्धिजीवी, समाजसेवीसहितका सहयोग गर्दै आएको सप्तरी युथ नेपालका कोषाध्यक्ष विष्णु यादवले जानकारी दिए । ‘हामीले आफ्नै पहलमा महामारी नियन्त्रण गर्न धेरै गर्न नसकेपनि युवाहरुले गर्नसक्ने हरेक कार्य गर्न तयार छौं पनि’ उनले भने–‘बाँकी हामीले सुरु गरेको सरसफाई, किटनाशक औषधी छर्किने र सेनिटाइज गर्ने कार्य जारी छ ।’

उनले यस कार्यमा यहाँका सरकार, गैरसरकारी संघ संस्था, राजनितिकर्मी, वृद्धिजीवी, समाजसेवी लगायतको साथ पनि पाइरहेको बताए ।

सप्तरी युथ नेपालका उपाध्यक्ष मोहनकुमार यादवले महामारी रोकथाम गर्न सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘हामीले मात्रै गरेर पनि हुँदैन, तपाईहरुको साथ चाहिएको छ’ उनले भने–‘अति आवश्यक बाहेक घरमै बसेर हामीलाई साथ दिनुस्, यसले अवश्य पनि कोरोना नियन्त्रण गर्न मद्दत पुग्छ ।’

यसअघि पनि सप्तरी युथ नेपालले गजेन्द्रनारायण सिंह अस्पताल मातहतमा रहेको साइकृष्णा हस्पिटलस्थित आइसोलेसनको लागि ५ थान पिपीई, १५० थान साबुन, ५० प्याकेट लामखुट्टे भगाउने धुप, २५ प्याकेट गुडनाइट धुप, ७ डिब्बा हर्लिक्स, १० थान बेगन स्प्रे, ५ थान रुम स्प्रे, ८४ थान विस्कुटसहितका सरसमानहरु उपलब्ध गराएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस