महन्थ हत्या प्रकरणः विश्व हिन्दु परिषद्, नेपालद्वारा प्रधानमन्त्रीको लागि ज्ञापन पत्र

राजविराज । विश्व हिन्दु परिषद्, नेपालले रौतहटमा भएको हनुमान मन्दिरका महन्थको हत्या घटनामा संलग्नलाई कारवाहीको माग गर्दै प्रधानमन्त्रीको लागि ज्ञापन पत्र वुझाएको छ ।

परिषद्का सप्तरी अध्यक्ष राम किशुन साहले सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत आइतवार प्रधानमन्त्रीको लागि ज्ञापन पत्र वुझाएका हुन् । हत्या घटनामा संलग्न अपराधीलाई यथाशीघ्र कानूनी दायरामा ल्याउन माग ज्ञापन पत्रमा माग गरिएको छ ।

यसैगरी, मृतक सन्तलाई सहिद घोषणा गर्नुपर्ने, सन्तसमाजको सुरक्षा व्यवस्था मिलाउन पनि माग ज्ञापन पत्रमा माग गरिएको छ । ज्ञापन पत्रमा भनिएको छ, ‘नेपालमा साधुसन्त समेत सुरक्षित नरहनु दुर्भाग्यपूर्ण हो । सम्पूर्ण हिन्दु धर्मावलम्वीहरुको आस्थासँग जोडिएको साधुको निर्मम हत्याले सम्पूर्ण सनातनी समाज मर्माहत भएको छ ।’

भदौ ३ गते रौतहटको माधव नारायण नगरपालिका वडा नम्वर २ खेसरहिया बजारस्थित हनुमान मन्दिरका महन्थ श्रीराम साहको गोली हानी हत्या भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस