देशभर २४ घण्टामा १५७ कोरोनामुक्त भएर घर फर्किए

जनकपुरधाम । देशभरमा पछिल्लो २४ घण्टामा १ सय ५७ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार हालसम्म कोरोना संक्रमण मुक्त भएर घर फर्किएको संख्या १८ हजार ८ सय ६ पुगेको छ ।

यसैैगरी, २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको जनाएको छ ।

हाल देशभर गरी १३ हजार ७ सय १५ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस