वरिष्ठ उद्योगपति चौधरी कोरोना पोजेटिभ

जनकपुरधाम । वरिष्ठ उद्योगपति विनोद चौधरी कोरोना संक्रमित भएका छन् । उनी आफ्नो सामाजिक सञ्जालमार्फत कोरोना पोजिटिभ भएको कुरा सार्वजनिक गरेका हुन् ।

आफूलाई कुनै समस्या नभएपनि डाक्टरको सल्लाह अनुसार घरमै आइसोलेजनमा बसिरहेको उद्योगपति चौधरीले सामाजिक सञ्जालमा लेखेका छन् । ‘प्रिय मित्रहरू र शुभचिन्तकहरू मैले आज बिहान पिसिआर टेस्ट गराएँ । जसअनुसार कोरोना पोजेटिभ पाएको छु । भगवानको अनुग्रहबाट ममा अहिलेसम्म कुनै लक्षण देखापरेको छैन ।’ उनले ट्विटरमा भनेका छन्,–‘म डाक्टरको सल्लाहअनुसार अलग बसेको छु ।’

Author:

क्याटोगरी छान्‍नुहोस