कोरोना भाइरसः भारतमा २४ घण्टामा १ हजार २३ जनाले ज्यान गुमाए

जनकपुरधाम । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट १ हजार २३ जनाको ज्यान गएको छ । योसँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६० हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार भारतमा हालसम्म कोरोना संक्रमणबाट ६० हजार ४७२ को मृत्यु भइसकेको छ । तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको भारतमा हालसम्म संक्रमितको संख्या ३३ लाख १० हजार २३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार ७६० संक्रमित थपिएका छन् । एकै दिन यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो । भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

विश्वभर २४ घण्टामा ६ हजारले ज्यान गुमाए

पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार ४२४ कोरोना संक्रमितको ज्यान गएको छ । अघिल्लो २४ घण्टामा ४ हजार ५८८ कोरोना संक्रमितले ज्यान गुमाएको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ८ लाख २१ हजार ४६२ जनाको ज्यान गइरहेको छ । संक्रमितको संख्या २ करोड ४० लाख २१ हजार २१८ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस