कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

विराटनगर । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिरहा, मोरङ र झापाका एक-एक गरी तीन जनाको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाकाअनुसार झापाको दमक नगरपालिका-३ का ८३ वर्षीय पुरुषको शुक्रवार विहान उपचारको मृत्यु भएको हो ।

भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारार्थ भर्ना गरिएकोमा विहान पौने ४ बजे मृत्यु भएको प्रवक्ता डा.सापकोटाले बताए । उनको दुवै मृगौला फेल भएर लामो समयदेखि डायलासिस गराइरहेका थिए भने उनी उच्च रक्तचाप र मधुमेहका पनि दीर्घ रोगी रहेको प्रतिष्ठानले जनाएको छ ।

यसैगरी, मोरङको बेलबारी नगरपालिका-५ की ५६ वर्षीया महिलाको पनि शुक्रवार विहान मृत्यु भएको छ । भदौ ९ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि महिलाको विहान सवाँ ३ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

यसैगरी, प्रतिष्ठानमै उपचाराका क्रममा रहेका सिराहाको सिरहा नगरपालिका-१ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । भदौ ६ गते प्रतिष्ठानमा भर्ना भएका उनमा भदौ ७ गते कोरोना पुष्टि भएको थियो । उच्च रक्तचापका विरामी समेत रहेका उनको अवस्था जटिल भएपछि दुई दिनदेखि आइसियुमा राखेर उपचार भइरहेको थियो । सोही क्रममा उनको मृत्यु भएको प्रवक्ता डा.सापकोटाले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस