कोरोनाको संक्रमण रोकथाम गर्न युवाहरु सक्रिय [फोटो फिचर]

तिलाठी कोइलाडी । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न युवाहरुले पनि सक्रियता बढाएको छ । युवाहरुले विहिवार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँमा मास्क र साबुन वितरण गरेका छन् ।

अमेरिका, मलेसिया, कतार, साउदी लगायतका देशमा रहेका स्थानीय युवाहरुको सहयोगमा सञ्चालित उज्जवल युवा जागृत समुहले कोभिड–१९को संक्रमण रोकथाम गर्न सो सामग्री वितरण गरेको हो । समुहआवद्ध स्थानिय युवाहरुले घर–घरमा पुगेर मास्क र साबुन वितरण गरेका हुन् ।

युवाहरुले कोभिड १९को संक्रमणबाट बच्न र बचाउन अपनाउनु पर्ने सतकर्ताको विषयमा पनि जानकारी गराएका छन् भने कोभिड–१९को संक्रमण नियन्त्रण गर्न नेपाल सरकारले जारी गरेको निर्देशनको पालना गर्न समेत माइकिङ मार्फत आग्रह गरेका हुन् ।

अमेरिकामा बस्दै आएका समुहका संयोजक पुष्पानन्द मण्डलले गाउँमा रहेका विभिन्न समस्या, स्वास्थ्य र शिक्षाको अवस्था सुधारकासाथै वेरोजगारी न्युनिकरण गर्न आफुहरु काम गर्दै जाने बताए । जसअनुसार आफुहरुले मास्क र सावुन वितरण गरेको तथा आगामी दिनमा पनि यस्ता कार्यहरु गर्दै अघि बढ्ने उनले प्रतिक्रिया दिए ।

वडा नम्वर २ का अध्यक्ष खगेन्द्र मण्डलले युवाहरुले आफ्नो समाजप्रति जागरुक रहेको भन्दै प्रसंशा गरे । मास्क वितरण कार्यक्रममा उमेश्वर आधारभुत विद्यालय लौनियाँका प्रधानाध्यापक प्रदिप कुमार मण्डल, स्थानिय वुद्धिजीवी महेन्द्र खंग, रुपेश कुमार मण्डल लगायतले मन्तव्य व्यक्त गरे ।

वडा नम्बर २ को अध्यक्ष खगेन्द्र मण्डलको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको सञ्चालन काशिन्द्र शर्माले गरे । कार्यक्रममा स्वागत मन्तव्य मास्क तथा सावुन वितरण कार्यक्रमका व्यवस्थापक कमल कुमार मण्डलले गरे । उनले वितरण कार्यमा सहयोगी गर्ने युवा, वुद्धिजीवी तथा समुहआवद्ध युवाहरुलाई धन्यवाद समेत दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस