राजविराज र तिलाठी कोइलाडीमा १७ कोरोना संक्रमित थपिए, सप्तरीमा संक्रमितको ७७४ पुग्यो

राजविराज । राजविराज नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा गरी सप्तरीमा थप १७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालाबाट बुधवार साँझ र विहिवार आएको २५१ जनाको रिपोर्टमा १७ जना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

कार्यालय प्रमुख दुनीयालाल यादवका अनुसार विहिवार राजविराज–४ का २८ वर्षीया महिला तथा तिलाठी कोइलाडी–६ का ४६ वर्षीय पुरुष, वडा नं. ७ का ५६ र ६० वर्षीय पुरुष र ४५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी, बुधवार साँझ राजविराज– १ का ६० वर्षीय पुरुष, वडा नं. ४ का २२ वर्षीया महिला तथा २२, २९ र ७७ वर्षीय पुरुष, वडा नं. ६ का २३, ४१ र ५७ वर्षीया महिला तथा २३ र २५ वर्षीय पुरुष तथा वडा नं. ७ का ४३ र ५७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

योसँगै सप्तरीमा संक्रमितको संख्या ७७४ पुगेको कार्यालयको तथ्यांकमा छ । जसमध्ये हालसम्म ५४४ जना निको भएर घर फर्किएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस