देशभर पछिल्लो २४ घण्टामा ५ महिला र ३ पुरुषसहित थप ८ जनाको मृत्यु

जनकपुरधाम । देशभरमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट ५ महिला र तीन पुरुषकको मृत्यु भएको हो ।

संक्रमणबाट मृत्यु हुनेमा ललितपुरका ६५ वर्षीया एक जना, बाराका २३ वर्षीया एक जना, कास्कीका ३२ वर्षीया एक जना, रुपन्देही र बाँकेका ७० वर्षीया एक–एक जना महिला रहेका छन् ।

त्यसैगरी, काठमाडौंका ८४ वर्षीय, पर्साका ६२ वर्षीय एकजना र कपिलवस्तुका ५० वर्षीया पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १८३ पुगेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस