जनकपुरधाम । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति नभएको बताएका छन् ।
विहीवार सरकारका निर्णय सार्वजनिक गर्दै उनले घिसिङको दोस्रो कार्यकालका निमित्त नियुक्ति नभएको बताए । ‘सामाजिक सञ्जालले नियुक्त दिएको होला, सरकारले दिएको छैन,’ उनले भने ।
सामाजिक सञ्जालमा आएका कुरा र केही सञ्चारमाध्यममा आएका कुरामा सत्यता नभएको उनको भनाइ थियो ।