सिरहामा विद्युत चुहावट नियन्त्रण गर्न विशेष अप्रेशन

सिरहा । सिरहामा विद्युत चुहावट कार्य बढेको पाइएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न जिल्लामा थालिएको बन्दाबन्दी (लकडाउन)का कारण अनुगमन गर्न नसक्दा विद्युत चुहावट कार्य बढेको हो ।

पछिल्लो पटक नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मिर्चैयाबाट अनुगमनमा खटिएका टोलीले विद्युत चोरी गरेर जडान गरिएको ३० वटा सिंचाई मोटर बरामद गरेपछि सो कुरा बाहिरीएको छ । अनुगमनमा खटिएका विद्युत कर्मचारीको टोलीले गोलबजार नगरपालिका–१२ का कृषकहरुले विद्युत चोरी गरेर खेतवारीमा जडान गरेका ७ वटाका साथै अन्य स्थानबाट पनि मोटर नियन्त्रणमा लिएको केन्द्रका प्रमुख इ.दिगम्बर यादवले जानकारी दिए ।

लकडाउन बेला अत्यधिक विद्युत चुहावट भइरहेकाले नियन्त्रण गर्न आफुहरुले विषेश अप्रेशन सुरु गरेको उनले बताए । सोहीअनुसार विद्युत चोरी गरी जडान गरिएका मोटरहरु नियन्त्रणमा लिइएको उनले जानकारी दिए । विद्युत चुहावट गर्नेलर्य विद्युत ऐन अनुसार जरिवाना तथा कार्वाही गरिने जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस