पोखरीमा डुवेको ७ घण्टापछि पनि जिवित्तै!

उमेश कुमार साह
बोदे बरसाईन । सप्तरीमा एक १४ वर्षीया बालिका पोखरीमा डुवेको ७ घण्टापछि पनि जिवितै फर्किएको घटनाले स्थानीयहरुरुलाई अच्चमित पारेको छ । घटना हो, बलान विहुल गाउँपालिका–६ स्थित रौतहट टोलको ।

हिजो (विहिवार) साँझ सवा ५ तिर कमलको फूल टिप्न पोखरीमा पसेको सोही ठाउँकी मुनचुन कुमारी दास पानीमा डुवेर वेपत्ता भइन् । सँगै गएकी अन्य बालिकाहरुले मुनचुन डेबेको हेरेपछि गाउँलेलाई खबर गरे । सोही लगत्तै स्थानीयहरुले खोजी थाले र प्रहरीलाई खबर गरे । प्रहरी र स्थानीय मिलेर २–३ घण्टासम्म खोजी गर्दा समेत बालिका कत्तै पनि भेटिएन् ।

‘स्थानीय र हामी मिलेर २–३ घण्टा खोजी गरे। तर बालिका कत्तै पनि भेटिएन’ प्रहरी चौकी रामनगर कोदरकट्टीका प्रहरी सहायक निरीक्षक राम विनय सिंहले भने । राति १२ बज्नै लागेपछि स्थानीयहरु पनि हरेस खाएर घरतर्फ लाग्न सुरु गरे । पोखरीको डिलमा पुगेका झण्डै ५ सय मानिस पालैपालो घरतर्फ हिड्न थाले पनि ।

१२ बजेर २० मिनेट जाँदा पोखरीको डिलबाटै आवाज सुनियो । ‘ममी…ममी…ममी…..’ घरतर्फ लागेका सवै फर्किए र आवास आएको स्थानतर्फ लागे । डिलमै रहेको कदमको रुख मुनी वालिका रुदै गरेको अवस्थामा भेटिएपछि सवै चकित भए ।

वडाअध्यक्ष सुर्य नारायण दासका अनुसार बडकी पोखरीको नामले परिचित सो पोखरीमा पूर्वकालदेखि नै जनआस्थासँग जोडिएको छ । ‘२२ विघा क्षेत्रफलमा रहेको पोखरीको डिलमा रहेको मन्दिरको पुजारी लुचाई दाससँग जोडिएका धेरै जनआस्था छन्’ उनले भने–‘यो पोखरीमा नुहाउने व्यक्तिलाई लुतो, चर्मरोग जस्ता छाला रोगहरु निको हुने जनविश्वास छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780