संघ सरकारको उदासीनताले मन्त्रालयका कार्य सञ्चालन कष्ट साध्य बन्दै गएको छ : मन्त्री साह

राजविराज । प्रदेश २ सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले कर्मचारी व्यवस्थापन तथा परिचालनमा संघ सरकारको उदासीनताले मन्त्रालयका कार्य सञ्चालन कष्ट साध्य बन्दै गएको भन्दै ध्याकर्षण गराएका छन् ।

शुक्रवार संघीय मालिम तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार, काठमाडौंमा ध्यानाकर्षण पत्र पठाउँदै पछिल्लो पटक भएको सचिव सरुवालाई स्थगत गर्न आग्रह समेत गरेका हुन् । पत्रमा भनिएको छ, ‘मिति २०७७।०५।१० गते ४ महिनाअघि पदस्थापित भएका सचिवलाई सरुवा गरी नयाँ सचिव (सहसचिव) पठाइएको छ । जुन निर्णय अव्यवहारिक र प्रदेशका सन्दर्भमा क्षतिकारक छ । अतः सो सरुवालाई स्थगन गरी छोटो अवधिमा सचिव सरुवाको प्रवृतिलाई अन्त्य गर्न आवश्यक व्यवस्था गरिदिन् हुन आग्रह गर्दछु ।’

ध्यानाकर्षण पत्र हेर्नुस्ः

Author:



क्याटोगरी छान्‍नुहोस