सप्तरीमा एकै दिन ३२ जना कोरोनामुक्त, २ जना संक्रमित थपिए

राजविराज । सप्तरीमा एकैदिन ३२ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालयका अनुसार विहिवार साँझ र शुक्रवार गरी ३२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् ।

योसहित कोरोना मुक्त हुनेको संख्या ५७६ पुगेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए । यसैगरी, शुक्रवार २ जना नयाँ संक्रमित थपिएका छन् ।

तिलाठी कोइलाडी गाउँपालिका–३ का ४२ वर्षीय पुरुष र कञ्चनरुप नगरपालिका–६ का उमेर नखुलेका अर्का एक पुरुष संक्रमण पुष्टि भएको निमित्त प्रमुख यादवले बताए । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालाबाट एक जना र धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालाबाट एक गरी दुई जना संक्रमित देखिएका छन् ।

योसहित संक्रमितको संख्या ७७६ पुगेको छ । जसमध्ये ५ जनाको मृत्यु भइसकेको कार्यालयको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस