काेराेना संक्रमणबाट पर्सामा थप तीन जनाको मृत्यु

जनकपुरधाम। पर्सामा कोरोना भाइरस (काेभिड-१९) संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाका अनुसार मृत्यु हुनेमा एक महिला र दुईजना पुरुष रहेका छन्।

संक्रमणबाट शुक्रबार साँझ साढे ५ बजे वडा नम्बर १२ मुर्लीकी ६५ बर्षीया महिलाको मृत्यु भएको छ । यसैगरी, राति सोही ठाउँका ४३ पुरुषको ११ बजेर ५५ मिनेटमा मृत्यु भएको डा. चाैरसियाले जानकारी दिए । यसैगरी, वडा नम्बर २५ का अर्का ३७ वर्षीय पुरुषको पनि शुक्रबार राति डा. चौरसियाले बताए ।

महिलालाई श्वास प्रश्वासमा समस्या भएपछि शुक्रबार दिउँसो नारायणी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । हाइपरटेन्सनको दीर्घरोगी रहेकी महिलाको उपचारका क्रममा मृत्यु भएको हाे । उनको राति अबेर मात्र कोरोना रिपोर्ट पोजेटिभ आएको जनाएको छ ।

४३ वर्षीय पुरुषमा हेपाटाइटिस बी रहेको बताइएको छ । उनलाई नेसनल मेडिकल कलेजमा उपचारका क्रममा संक्रमण पुष्टि भएपछि अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर रिफर गरिएको थियो । उनको त्यही मृत्यु भएको डा. चौररियाले बताए।

३७ वर्षीय पुरुषमा भने क्रिटिकल कोभिड संक्रमण रहेको र उनलाई संक्रमण पुष्टि भएपछि कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमा पठाएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौ लाँदै गर्दा मुग्लिङ पुग्दा बाटोमा नै मृत्यु भएको डा. चौरसियाले बताए । याेसँगै पर्सामा काेराेनाबाट मृत्यु हुनेको संख्या ३६ पुगेकाे जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस