देशभर २४ घण्टामा ८८४ कोरोना संक्रमित थपिए, ३१३ निको भए

जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा ८८४ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २४२ महिला र ६४२ पुरुषमा संक्रमण देखिएको जानकारी दिएका छन् ।

उनका अनुसारर काठमाडौंमा १५५ जना, ललितपुरका १९ जना र भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी, सर्लाहीका ८३ जना, पर्साका ७३ जना, चितवनका ५७ जना, धनुषाका ४९ जना, मोरङका ३१ जना, लमजुङका २९ जना, महोत्तरीमा २६ जना, बझाङका २६ जना, सुसनरीमा २४ जना, नवलपुरमा २३ जना, सिराहाका २२ जना, बारामा २१ जना, बैतडीमा २१ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी, झापामा २० जना, बाँकेमा २० जना, धनकुटा, काभ्रे, दाङ र कैलालीका १९–१९ जना, कञ्चनपुरमा १७ जना, रुकुम पूर्वमा १६ जना, नवलपरासीमा १० जना, सुर्खेतमा १० जना, धादिङमा ९ जना, मकवानपुरमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।

यसैगरी, रौतहटमा ५, संखुवासभा, कास्की र दार्चुलाका ३–३ जना, सप्तरी र कपिलवस्तुका २–२ जना, इलाम, दोलखा, सिन्धुपाल्चोक, गुल्मी, जाजरकोट, जुम्ला, दैलेख, रुकुम पश्चिमका १–१ जनामा संक्रमण देखिएको जनाएको छ ।

२४ घण्टामा ३१३ जना कोरोना मुक्त भएका छन् भने हाल १६ हजार ५७८ सक्रिय संक्रमितहरु छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस