कोरोना भाइरसः प्रदेश २ मा एक महिलासहित थप ७ जनाको मृत्यु, १६५ संक्रमित थपिए

जनकपुरधाम । पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप १६५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवका अनुसार २० महिला र १४५ पुरुषमा कोरोना पुष्टि भएको हो ।

योसँगै प्रदेशमा संक्रमितको संख्या ९ हजार ७९५ पुगेको छ । पछिल्लो पटक सबैभन्दा बढी धनुषामा संक्रमित थपिएका छन् । धनुषामा मात्रै ४९ जना संक्रमित थपिएको जनाएको छ । यसैगरी, सर्लाहीमा ४५, पर्सामा ३४, महोत्तरीमा २७, बारामा ९ र रौतहटमा १ जनामा कोरोना पुष्टि भएको हो ।

सप्तरी र सिरहामा शनिवार कोरोना पुष्टि नभएको विवरण प्राप्त भएको मन्त्रालयका वरिष्ठ चिकित्सक डा.यादवले बताए ।

२४ घण्टामा ७ जनाको मृत्यु

कोरोनाबाट प्रदेश २ मा पछिल्लो २४ घण्टामा एक महिलासहित ७ जनाको मृत्यु भएको छ । जअनुसार महोत्तरीका २ जना, सिरहाका २ जना र पर्साका ३ जनाको कोरोनाबाट मृत्यु भएको जनाएको छ ।

महोत्तरी भंगहा नगरपालिका १ का ३५ वर्षीय युवक र पिपरा गाउँपालिका ७ का ७० वर्षीय वृद्धको मृत्यु भएको छ । यसैगरी, सिरहाको सुखीपुर नगरपालिका ८ का ५५ वर्षीय पुरुष र लहान नगरपालिका १८ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

पर्साको वीरगन्ज महानगरपालिका १२ का ४८ वर्षीय पुरुष, मनियारी २२ का ३७ वर्षीय पुरुष र वीरगन्ज १२ कै ६५ वर्षीय महिलाको मृत्यु भएको मन्त्रालयका वरिष्ठ चिकित्सक डा.यादवले जानकारी दिए । योसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८४ जना पुगेको जनाएको छ ।

फायल तस्बिर।

Author:



क्याटोगरी छान्‍नुहोस