कर्मा-धर्मा एकादशी निष्ठापूर्वक मनाइयो

कमल मण्डल
राजविराज । तराईका जिल्लाहरुमा शनिवार कर्मा–धर्मा एकादशी निष्ठापूर्वक मनाइएको छ । चतुरमाशमा असार शुक्ल पक्ष एकादशीबाट प्रारम्भ भई कार्तिक शुक्ल पक्षको एकादशीमा कर्मा–धर्मा एकादशी मनाइन्छ ।

चार महिनामा चतुर्माश हुन्छन्, जसमा, शनिवार दुइ महिना बितेको छ । आधा चतुर्माश वितेर आधा बाँकी रहेको छ र यसैलाई कर्मा–धर्मा एकादशी भन्ने गरिन्छ ।

वायाँ अंग भएर सुतेका भगवान विष्णुले आजैका दिन दायाँ अंग भएर सुत्ने गरको तथा भगवानले आखाँ खोल्दा जसकोे प्रतिदृष्टि पर्दछ उसलाई लोकिक र पारलोकिक सुख प्राप्त गर्न कुनै किसिमको समस्या नहुने धार्मिक जनविश्वास रहेको छ ।

यो एकादर्शी गर्नाले पाप नष्ट हुने जनविश्वास छ । व्रत बस्ने व्यक्तिले विहानसम्म उपवास वसेर भगवान विष्णुको पुजा अराधना गरिनुकासाथै फुल, पान, प्रसाद अर्पण गरी रात भरि किर्तण भजन गरिने गरिन्छ । शारिरिक अवस्थाका अनुसार बिचमा फल फुल खान सकिने पण्डित राम कुमार शास्त्री बताउँछन् ।

Author:



क्याटोगरी छान्‍नुहोस