सप्तरीमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ६ पुग्यो

राजविराज । कोरोना भाइरस संक्रमणबाट सप्तरीमा थप १ जनाको मृत्यु भएको छ । राजविराज नगरपालिका वडा नं. २ का ६० वर्षीया महिलाको शनिबार राति मृत्यु भएको हो ।

ज्वरो आइरहेकी ती महिला केही दिनदेखि राजविराजस्थित निजी क्लिनकमा उपचार गराउँदै आएकी थिइन् । उनको अवस्था गम्भीर भएपछि शुक्रबार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आकस्मिक कक्षमा ल्याइएको थियो । सोही लगत्तै स्वाब संकलन पनि गरिएको थियो ।

शनिवारै उनमा संक्रमण पुष्टि भएपछि उपचारका लागि विराटनगरतर्फ लग्ने क्रममा मृत्यु भएको जनाएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले थप एक जनाको मृत्यु भएको पुष्टि गरेका छन् । योसहित सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780