निषेधाज्ञाबाट प्रभावित परिवारलाई नेपाल मेहतर उत्थान समाजको राहत

राजविराज । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सप्तरीमा जारी निषेधाज्ञाका कारण दैनिकी कष्ठकर बन्न पुगेका परिवारलाई राहत प्रदान गरिएको छ । नेपाल राउत मेहतर उत्थान समाज सप्तरीले सदरमुकाम राजविराज नगरपालिका–६ का पीडित परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको हो ।

‘संक्रमण नियन्त्रण गर्न लकडाउनपछि जारी गरिएको निषेधाज्ञाले विपन्न परिवारको दैनिकी अत्यन्त कष्ठकर बनको अवस्था छ, ती परिवारलाई लक्षित गरी हामीले राहत स्वरुप खाद्यान्न उपलब्ध गराएका हौं’ समाज सप्तरीका अध्यक्ष मनोज राउतले भने-‘त्यस्ता परिवारको गुजारा चलाउने विषयमा सरकारले पनि ध्यान दिनु जरुरी छ ।’

उनका अनुसार सो वडाका ६ परिवारलाई प्रति परिवार साढे १२ किलो चामल, १ केजी खाने तेल, केजी दाल, २ प्याकेट नून, २ वटा र ६ थान मास्क प्रदान गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस