देशभर २४ घण्टामा १ हजार २२१ कोरोना संक्रमित थपिए

जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा १ हजार २२१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएका हो ।

यसैगरी, २४ घण्टामा २६७ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । योसहित कोरोनामुक्त हुनेको २० हजार ८२२ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यसैगरी, देशभर १७ हजार ५१८ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १२ हजार ७१७ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ८२ हजार ३४३ जनाको पीसीआर परीक्षण गरिएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस