सिरहामा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, एक जना गम्भिर

लहान । सिरहामा गए राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । चोहर्वा–सिरहा सडक खण्डमा मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना भएको हो ।

स ४ प ६४१० र स ४ प ७९२१ नम्वरको मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा सिरहा नगरपालिका–९ का सिल्टु ठाकुर र धनगढीमाई नगरपालिकाका दिपक पजीयारको मृत्यू भएको प्रहरीले जनाएको छ । ६९२१ नम्वरको मोटरसाइकलमा सवार पजीयारको दुर्घटनास्थलमै मृत्यु भएको छ ।

यसैगरी, दुर्घटनामा घाइते भएका ठाकुरको उपचारको लागि लहान लग्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठाकुरकै मोटरसाइकलमा पछाडी सवार सिरहा नगरपालिका–९ कै शिवकुमार महरा गम्भिर घाईते भएका छन् । महराको गाोलबजारको भुमिजा अस्पतालमा उपचार भईरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस