भारतमा एकै दिन ९० हजार कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४२ लाख पुग्यो

जनकपुरधाम । पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार २४ घण्टामा ९० हजार ८०२ कोरोना संक्रमित थपिएका हुन् ।

योसहित भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख ४ हजार ६१३ पुगेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा भारतमा १ हजार १६ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारतमा हालसम्म ७१ हजार ६४२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचिमा दोस्रो स्थानमा रहेको भारत कोरोनाका कारण धेरै मृत्यु हुने देशहरुको सूचिमा भने अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ । लकडाउन टु लुजडाउनको नीतिमा गएपछि भारतमा तीव्र गति कोरोना संक्रमण फैलिएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस