यसरी समातिए चोरी गर्ने गिरोह

राजविराज, २३ भदौ । सप्तरी प्रहरीले चोरी गर्ने एक गिरोहलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई आज (मंगलवार) पत्रकार सम्मेलनमार्फत गरिएको हो ।

प्रहरीका अनुसार पसलमा जडान गरिएको सीसीटिभीको मद्दतले चोरी गर्ने गिरोहलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका–६ का सैनी भनिने सनिया मण्डल, उनकी बहिनी ज्योतीकुमारी मण्डल सहनी, राजविराज नगरपालिका–४ का समिम अन्सारी र रुपनी गाउँपालिका ४ का लालमहम्द राईन रहेका छन् ।

उनीहरुको साथबाट पसलबाट चोरी भएको सरसमान पनि बरामद भएको एसपी राजेन्द्रप्रसाद धमलाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

चोरी गर्ने गिरोहको सक्रियता

राजविराज नगरपालिका–६ का सैनी भन्ने सनिया मण्डलले घटना घटाए । सनियाले सोलारको पोलबाट घरमा पसेर गणेश स्टोरमा चोरी गरे । वडा न. ४ की उनकै वहिनी ज्योती कुमारी मण्डल सहनीले चोरी गरी ल्याएको नगद मदिरा पसलमा लुकाएर राखिन् ।

मो. समिम अन्सारीले मदिरा पसलमा राखेको पैसा खाल्डो खनेर गाड्न सहयोग गरेको र लाल मोहमद राईनले आफु बाहिर बसेर सनिया मण्डललाई चोरी गर्न सहयोग गरेको उनीहरुले प्रहरीलाई वयान लिएका हुन् ।

यसरी भयो अनुसन्धान

प्रहरीका अनुसार राजविराज नगररपालिका–७ गुदरीलाइनस्थित ओमप्रकाश साहको दुई तल्ले पक्की घरमा रहेको ‘गणेश स्टोर किराना’ पसलमा गत आइतवार राति चोरी भयो । हिजो (सोमवार) बिहान पसलमा खोल्दा पसलमा रिचार्ज कार्ड र नगद गरी साढे ५ लाख रुपैयाँ बराबरको चारी भएको भन्दै प्रहरीमा गरिएको सूचनाको आधारमा अनुसन्धान थालियो ।

अनुसन्धानकै क्रममा पसलमा जडान गरिएको सीसीटिभीमा देखिएको तस्बिरको आधारमा उनीहरुलाई पक्राउ गरिएको एसपी धमलाले बताए । उनीहरुको साथबाट नगद र रिचार्ज कार्ड गरी ४ लाख नौ हजार ३४५ रुपियाँ बरामद भएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस