तेलेगु अभिनेता रेड्डीको ७४ वर्षको उमेरमा निधन

एजेन्सी । तेलेगु अभिनेता जयप्रकाश रेड्डीको मंगलबार बिहान ७४ वर्षको उमेरमा निधन भएको छ । उनको गुन्टरस्थित आफ्नै घरमा हृदयाघातका कारण घाटका कारण निधन भएको हो ।

उनले ४० वर्षको उमेरमा चलचित्रको पर्दामा डेब्यु गरेका हुन् । सेनामा पनि कार्यरत उनी १९८८ मा ‘ब्रह्मा पुद्रुडू’ बाट फिल्ममा डेब्यु गरेका थिए । उनलाई खलनायक पात्रमा स्थापित बनाउन सफल भएको उनको चर्चित डायलग रायलसीमा हो ।

उनलाई डायलगका मास्टर पनि भनेर चिनिन्छ । उनी जुनै पनि तेलुगु डायलग सहजै बोल्न सक्छ । तेलुगु चलचित्रका चर्चित खलनायक पात्र उनी कमेडी रोलमा पनि उत्तिकै पोख्त छिन् । करिब १०० वटाजति चलचित्रमा काम गरिसकेका उनको अन्तिम अभिनय रहेको चलचित्र ‘सरिलरु निकेवरु’ हो । -इन्डियन एक्सप्रेस

Author:



क्याटोगरी छान्‍नुहोस