सप्तरीमा कैदीबन्दीसहित २४ संक्रमित थपिए, १५ जना डिस्चार्ज

राजविराज, २३ भदौ । सप्तरीमा आज राजविराज कारागारकी महिला कैदीबन्दीसहित २४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय सप्तरीकाअनुसार थपिएका संक्रमितमध्ये एक करदाता सेवा कार्यालयका पनि छन् ।

कारागारकी २३ वर्षीया महिला तथा करदाता सेवा कार्यालय सप्तरीका उमेर नखुलेका एक पुरुषमा संक्रमण देखिएको कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए । यसैगरी, हनुमाननगर कंकालीन नगरपालिकामा १९ जना र राजविराज नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

हनुमाननगर कंकालीनी नगरपालिका–७ का ४, २५, २८, २८ र २४ वर्षीय पुरुष तथा ८, १६, २५ र ७५ वर्षीया महिला, वडा नम्वर ८ का २५ वर्षीय पुरुष, वडा नम्वर ९ का ३, ५, ७, १२, ४१ र ६६ वर्षीय पुरुष तथा १७, २८ र ३६ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी, राजविराज नगरपालिका–११ का १५, २५ र ५५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताए । योसहित सप्तरीमा संक्रमितको संख्या ९४० पुगेको छ ।

यसैगरी, मंगलवार १५ जना डिस्चार्ज भएको जनाएको छ । योसहित डिस्चार्ज हुनेको संख्या ६७९ पुगेको कार्यालयको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस