जनकपुरधाम, २३ भदौ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोना संक्रमित भएका छन् । उनी आफ्नो सामाजिक सञ्जालमा कोरोना संक्रमितको भएको कुरा सार्वजनिक गरेका हुन् ।
‘प्रिय साथीहरू ! आज गरिएको परीक्षणका क्रममा ममा कोरोना संक्रमण पुष्टि भएको छ । हाल मलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएको छैन ।’ उनी सामाजिक सञ्जालमा लेखेका छन्, ‘चिकित्सकहरुको सल्लाह अनुसार हाल म होम आइसोलेसनमा बसेको छु । मसंग प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनुहुन अनुरोध गर्दछु ।’