भारतीयको कुटपिटबाट सप्तरीमा एकको मृत्यु, एक युवक पक्राउ

राजविराज, २३ भदौ । सप्तरीमा एक व्यक्तिको कुटपिट गरी हत्या गरेको आरोपमा भारतीय युवकलाई पक्राउ गरिएको छ । पक्राउ परेका भारत विहार राज्यको मधुबनी जिल्लाका करियौत–८ का १९ वर्षीय प्रदिप यादवलाई प्रहरीले आज (मंगलवार) पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

यादवसहित सोही ठाउँका १८ वर्षीय सरोज यादव र २० वर्षीय देव गोरा यादवले गत भदौ ६ गते नेपाल प्रवेश गरेर दशगज्जामा भैसी चराईरहेका डाकनेश्वरी नगरपालिका–६ का ३५ वर्षीय रामदेव यादवलाई बाँसको भाटाले कुटपिट गरेका थिए । कुटपिटबाट गम्भिर घाइते भएका रामदेवलाई उपचारार्थ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको गत आइतवार मृत्यु भएको सप्तरीका एसपी राजेन्द्र धमलाले पत्रकार सम्मेलनमा जानकारी दिए । हत्या आरोपमा नियन्त्रणमा लिएको प्रदिपमाथि म्याद थप गराइ आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस