नेपालमा १ हजार ८१ कोरोना संक्रमित थपिए

जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार योसहित देशभर संक्रमितसँगै संख्या ४९ हजार २ सय १९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९ सय १८ जना कोरोना संक्रमण मुक्त भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या ३३ हजार पुगेको छ ।

यो संख्या कुल संक्रमितको ६८.८ प्रतिशत रहेको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस