नबिल बैंकको मावाइलबाटै ऋण दिने ‘स्किम’!

२०७७ असोज ०५
जनकपुरधाम । नबिल बैंकले नेपालमै पहिलो पटक मोवाइलबाटै ऋण दिने ‘स्किम’ ल्याएको छ । बैंकले तलबी खाताबाहक ग्राहकहरुलाई आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाटै उपलब्ध गराउने छ । बैंकले एफवान सफ्ट इन्टरनेशनल प्रालिसँग सहकार्य गरेर यो नौलो खालको ऋण योजना सुरु गरेको छ ।

निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत आफ्नो खातामा ऋण रकम पाउने बैंकले जनाएको छ । सुविधा लिनका लागि नबिलको स्मार्ट बैंक प्रयोगकर्ता हुनु पर्नेछ । यस्तो खालको ऋण छोटो अवधिका लागि उपलब्ध गराइन्छ ।

ऋण लिन इच्छुक ग्राहकले बैंकको शाखा भ्रमण गर्नुका साथै कुनै कागजी प्रक्रिया पूरा गर्नु नपर्ने जनाएको छ । स्मार्ट बैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्छन् । बैंकले सम्पूर्ण प्रक्रिया पूरा गरी तुरुन्त ऋण प्रवाह गर्ने विज्ञप्तिमा उल्लेख छ ।

ग्राहकको बैंकिङ कारोबारसँग निहित भएकाले कुनै पनि अतिरिक्त धितो आवश्यक पर्दैन । बैंकका प्रमुख कार्यकारी अधिृकत अनिलकेशरी शाहले बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो अत्यन्तै लोकप्रिय ऋण स्किम भएको दावी गरेका छन् ।

उनका अनुसार नेपालमा पहिलो पटक स्मार्ट बैंक एपमार्फत यति सहज र सरल सुविधा प्रस्तुत गर्न सक्नु गौरवको विषय हो । नबिलका देशभर १ सय १९ शाखा तथा १ सय ८४ वटा एटिएम रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780