सक्रिय संक्रमित २५ हजार पुगेपछि फेरी लकडाउन गर्न सिफारिस गरिने: स्वास्थ्य मन्त्रालय

२०७७ असोज ७
जनकपुरधाम । देशभरमा २५ हजार संक्रमित पुगे फेरि लकडाउन गर्न सकिने गरी प्रस्ताव गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित प्रेस ब्रिफिङमा सो कुरा बताएका हुन् ।

सक्रिय संक्रमित २५ हजार पुगे सरकारलाई फेरि लकडाउन गर्न सिफारिस गरिने उनले जानकारी गराए ।

२५ हजार पुगेपछि स्वास्थ्य पूर्वाधारले धान्न गाह्रो हुने भएकाले लकडाउन गनुपर्ने उनले बताए । मन्त्रालयका अनुसार बुधबारसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ४१४ छ ।

Author:



क्याटोगरी छान्‍नुहोस