सप्तरीमा सुरक्षाकर्मीसहित थप १५ जनामा कोरोना पुष्टि

२०७७ असोज ०७ गते

राजविराज । सप्तरीमा बुधबार ४ सुरक्षाकर्मी सहित १५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । भिमदलगण (नेपाली सेना) का ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

यसैगरी, हनुमाननगर कंकालिनीका १० र डाक्नेश्वरी नगरपालिकाका १ जना गरी बुधबार १५ जना संक्रमित थपिएका हुन् । योसँगै हालसम्म सप्तरीमा संक्रमितको संख्या १२ सय २२ पुगेको छ।

    हालसम्म ८२३ जना निको भएर घर फर्किएका छन् । सप्तरीमा कोरोनाबाट हालसम्म ११ जनाले ज्यान गुमाइसकेके निमित्त प्रमुख यादवले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस