कोरोना भाइरसः भारतमा ज्यान गुमाउनेको संख्या ९० हजार

२०७७ असोज ८ गते
जनकपुरधाम । कोरोना भाइरसका कारण भारतमा ज्यान गुमाउनेको संख्या ९० हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९० हजार २० पुगेको छ ।

पछिल्ला केही हप्ता यता भारतमा सामान्तया ९ सय देखि १३ सयको बीचमा कोरोना संक्रमितको मृत्यु हुँदै आएको छ । भारतमा हालसम्म ५६ लाख ४६ हजार १० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा ८३ हजार ३४७ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधीमा १ हजार ८५ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

विश्वभर ९ लाख ६७ हजारले ज्यान गुमाए

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ लाख ६७ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले ९ लाख ६७ हजार १६४ संक्रमितको मृत्यु भइसकेको छ ।

संक्रमितको संख्या ३ करोड १४ लाख २५ हजार २९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ४६ हजार १६५ संक्रमित थपिएका तथ्यांकमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस