भारतमा ५९ लाख ९० हजार कोरोना संक्रमित, ९४ हजारले ज्यान गुमाए

corona in india

जनकपुरधाम । कोरोना भाइरस (कोभिड१९) संक्रमणका कारण अहिलेसम्म विश्वमा ९ लाख ९८ हजार ६७७ जनाको मृत्यु भएको छ भने ३ करोड ३० लाख ५२ हजार ८४ जनालाई कोरोना संक्रमण भएको छ ।

यसैगरी, २ करोड ४४ लाख ४ हजार ५६४ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६५ हजार २९३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच, भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म भारतमा ९४ हजार ५३४ जनाको मृत्यु भएको छ भने ५९ लाख ९० हजार ५८१ जनालाई कोरोना संक्रमण भएको छ ।

४९ लाख ३८ हजार ६८८ जना संक्रमण मुक्त भएका छन् भने ९ लाख ५७ हजार ३५९ जना उपचाररत छन् । त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा शनिवार ८९ हजार १० जना संक्रमित थपिएका छन् भने १ हजार १२४ जनाको मृत्यु भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस