तोकियो धानको समर्थन मूल्यः सरकारले समेत किसानको धान खरिद गर्ने

जनकपुरधाम, ११ असोज । संघ र प्रदेश सरकारको समन्वयमा धानको न्युनतम समर्थन मुल्य निर्धारण गर्दै सरकारले समेत खरिद गर्ने निर्णय गरिएको छ ।

सरकारले प्रति क्विन्टल मोटो धान २ हजार ७ सय ३५ रुपैयाँ, मध्यम दुई हजार ८ सय८५ रुपैयाँ निर्धारण गरेको हो । उक्त विषमा तीन दिन अघि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालको उपस्थितिमा बृहत छलफल भएको छ ।

धानको न्युनतम मुल्य निर्धारण गरि सरकारी स्तरबाटै धान खरिद गर्ने गरि योजना निर्माणकालागि प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले १० दिन भित्र विस्तृत प्रस्ताव तयार गरि संघीय मन्त्रालयमा पेश गर्ने निर्णय गरेको छ । छलफलमा किसानले उचित मुल्य उपलब्ध गराउने ग्यारेन्टीकालागि विभिन्न विकल्पहरुबारे छलफल भएको भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र रायले जानकारी दिएका छन् ।

किसानहरुलाई सहजताकालागि समर्थन मूल्य निर्धारण गरेको जानकारी दिँदै उनले भने ‘संघ र प्रदेश सरकारको समन्वयमा यो वर्षकालागि समर्थन मूल्य निर्धारण गरिएको हो, किसानले उत्पादन गरेको धान विक्री हुन बाँकी रहे सरकारले खरिद गर्नेछ ।’ किसानलाई मर्का नहोस् यसकालागि संघ र प्रदेश सरकारको समन्वयमा भण्डार कक्ष निर्माण गरी किसानले उत्पादन गरेको धान खरिद गर्ने योजना रहेको राज्यमन्त्री रायले बताए ।

तीन दिन अघि आयोजित छलफलमा प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, राज्यमन्त्री योगेन्द्र राय यादव, प्रमुख सचिव प्रह्लाद पोखरेल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अन्य पदाधिकारीहरुको समेत उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस