क्याम्पसमा उप–प्राध्यापक स्व. सिंहको श्रद्धाञ्जली सभा

राजविराज, ११ असोज । सप्तरीको राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पसका उप– प्राध्यापक स्व. सुमन प्रसाद सिंहको आइतवार श्रद्धाञ्जली सभाको आयोजना गरियो ।

क्याम्पसमा व्यवस्थापन सङ्कायतर्फ कार्यरत उप–प्राध्यापक सिंहको शनिवार विहान मृत्यु भएको थियो । क्याम्पसका निमित प्रमुख प्रा. मिथिलेश यादवको अध्यक्षतामा आयोजित श्रद्धाञ्जली सभामा सहायक क्याम्पस प्रमुखद्वय बुलन साह र कृष्णानन्द देव, प्राध्यापक संघका अध्यक्ष उमेश यादव, कर्मचारी संघका अध्यक्ष शम्भु यादव, कर्मचारी चन्देश्वर यादव लगायतले स्व. सिंहको व्यक्तित्वबारे चर्चा गरे ।

राजविराज वडा नम्वर ४ मा बसोबास गर्दैआएका स्व. सिंह २०४९ सालमा आंशिक, २०५३ करार र २०६४ सालमा स्थायी भई क्याम्पसमा काम गर्दैआएका थिए । उनी एम.कम.सम्मको अध्ययन गरेका थिए । यसअघि उनी तत्कालिन बसबिटी गाउँ विकास समितिको अध्यक्ष समेत भएको जनाईएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस