अनसनरत डा.केसीको जीवनरक्षालागि चिकित्सक संघद्वारा आन्दोलनको घोषणा

जनकपुरधाम । नेपाल चिकित्सक संघले आमरण अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाकालागि आन्दोलन घोषणा गरेको छ । डा. केसी २४ औँ दिनदेखि अनसनरत रहदा पनि सरकारले वास्ता नगरको र उनको स्वास्थ्य जटिल बन्दै गएपछि संघले आन्दोलनको घोषणा गरेको हो ।

डा.केसीको जिवन रक्षा हुनुपर्ने आवाज चौतर्फी रुपमा उठ्दै आएको छ । केसीको मागलााई वेवास्ता गरेको भन्दै डा.केसीको जीवन रक्षाका लागि आन्दोलन घोषणा गर्न बाध्य भएको संघले बुधबार विज्ञप्तिमार्फत जनाएको छ ।

घोषित कार्यक्रम अनुसार असोज २२ गते बिहान ९ बजेदेखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवाबाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गरी धर्ना दिने कार्यक्रम छ ।

Author:



क्याटोगरी छान्‍नुहोस