बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने पक्राउ

जनकपुरधाम । सिरहामा बोक्सीको आरोपमा महिलालाई कुटपिट गरी फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवराजपुर गाउँपालिका वडा नम्वर ५ का २० वर्षीय संतोशकुमार यादव रहेका छन् ।

पक्राउ परेका यादवसहित सोही ठाउँका कृष्ण यादव, धर्मनाथ यादव लगायत ८ जनाले गत भदौ २७ गते सोही वडाकी मुर्तीदेवी यादवलाई बोक्सीको आरोपमा सामूहिक रुपमा मरणासन्न हुने गरी कुटपिट गरेका थिए । कुटपिटबाट मुर्तीदेवीको २ वटा दाँत समेत भाँचिएको छ ।

घटनापछि फरार रहेका उनीहरुमध्ये नेपाल भारत सीमा क्षेत्रबाट संतोशलाई पक्राउ गरिएको २ नम्वर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी कृष्ण प्रसाइँले जानकारी दिए । अन्यको खोजी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस