दृष्टि विशेषज्ञ साहलाई हेल्थ हिरो अवार्ड

राजविराज, २२ असोज । आँखाको क्षेत्रमा उतकृष्ट कार्य गर्दै आएको दृष्टि विशेषज्ञ दिपक कुमार साह अन्तराष्ट्रिय स्तरको आई हेल्थ हिरो अवार्डबाट सम्मानित भएका छन् ।

चेन्जमेकर विधातर्फ इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्स अफ ब्लाइन्डनेश नामका संस्थाले उनलाई उक्त अवार्ड प्रदान गर्ने भएको हो ।

आँखाको क्षेत्रमा कार्य गर्ने तीन विद्यामा प्रत्येक वर्ष यो अवार्ड प्रदान गर्दै आएको छ ।

प्रदेश २ को महोतरी गाउँपालिका वडा नम्बर ६ गोरिगम्मा घर भएका साहले अन्तराष्ट्रिय स्तरका अवार्डबाट सम्मानित भएकोमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शुभकामना समेत दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस