पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट थप १२ जनाको मृत्यु

जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभरमा कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना मिडिया ब्रिफिङमा सो कुरा जानकारी दिएका हुन् ।  योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५९० पुगेको छ ।

बुधबार देशभर १५ र मंगलबार देशभर ९ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो । सोमबार देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस