देशभर ४ हजार ३६४ कोरोना संक्रमित थपिए

जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३६४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोही अवधिमा २ हजार ६७५ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।

योसहित देशभर कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । देशभर हालसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ रहेको छ ।

त्यसैगरी, हालसम्म कुल ७१ हजार ३४३ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १८ हजार ४७२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस