डाक्नेश्वरीमा जनमत पार्टीको प्रथम अधिवेशन सम्पन्न

राजविराज, २२ असोज ।

डा सीके राउत नेतृत्वका जनमत पार्टीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा प्रथम वडा अधिवेशन सम्पन्न भएको छ ।

बुधवार कविलासामा समापन भएको अधिवेशनबाट रन्जित सन्तको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा शोभा देवी राउत, प्रदिप सन्त, सचिवमा मो. कमल हुसेन, सह–सचिवमा अमृत साह, कोषाध्यक्षमा सदानन्द साह रहेका छन् ।

यसैगरि राजेश साह, मनोज यादव, होलीका देवी सदा, सुजनी देवी सदा, शिव शंकर प्रमाणीलाई सदस्यमा सर्वसम्मतीले चयन गरिएको छ ।

जनमत पार्टीका केन्द्रिय सदस्य तथा सप्तरीका पूर्व इन्चार्ज सुरेन्द्र मधेशीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा पार्टीका सप्तरी इन्चार्ज सुर्यदेव यादव, संयोजक चन्देश्वर मण्डल (किसान), यूवा जनमतको संयोजक मनोज यादव, महिला जनमतको संयोजक शुशिला यादव, मदनेश चौधरी, मो. उसमान, महिला नेतृ पिंकी भगत, नगर संयोजक जयप्रकाश मण्डल, पञ्चलाल मधेशीलागायतका व्यक्तिहरुको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस