सप्तरी प्रहरीले सक्रियता बढाएसँगै १९४ फरार प्रतिवादी पक्राउ

राजविराज, २२ असोज । सप्तरी प्रहरीले सुरु गरेको फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत हालसम्म १९४ जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीकाअनुसार विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरिएको हो ।

सोही क्रममा ११ वर्षअघि कर्तव्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतबाट ३ वर्ष कैद सजाय फैसला भई फरार रहेका थप प्रतिवादीलाई विहिवार पक्राउ गरिएको छ । पक्राउ पर्नेमा महादेवा गाउँपालिका–४ का ४८ वर्षीय चन्दर राम रहेको छ ।

सो मुद्दामा सप्तरी जिल्ला अदालतले २०५७ कात्तिक २७ गते तथा सर्वोच्च अदालतले २०६६ भदौ ८ गतेको फैसलाले उनलाई ३ वर्ष कैद सजाय सुनाएको थियो । खोजतलाश गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो पनि :

ज्यान मार्ने उद्योगसहितका मुद्दामा २७ वर्षयता फरार १४ प्रतिवादी पक्राउ

Author:



क्याटोगरी छान्‍नुहोस