देशैभरिमा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार नाघ्योः कुन प्रदेशमा कति ?

राजविराज, २२ असोज । देशैभरिमा विहीवारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ६ सय ८४ पुगेको छ ।
कोभिड १९ को विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गर्दैआएको विहीबारको नियमित प्रेस ब्रिफिङ्गमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार लकडाउन खुलेयता कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । प्रदेश १ मा १ हजार ६७ जना, प्रदेश २ मा ५ सय १२ जना, बाग्मती प्रदेशमा ७ हजार ८ सय८४ जना, गण्डकी प्रदेशमा ४ सय ६१ जना, लुम्बिनी प्रदेश १ हजार ९०, कर्णाली प्रदेश ४ सय ४५ जना र सुदूर पश्चिम प्रदेशमा सङ्क्रमितको सङ्ख्या ४ सय ७६ जना थपिएको उनले बताए । देशभरिमा २४ घण्टामा १४ हजार ९ सय ६७ थपिएको छ ।

यसैगरी संस्थागत आइसोलेसन ११ हजार ७ सय १७ रहेको प्रा.डा. गौतमले बताएका छन् । पछिल्लो घण्टामा २४ नेपालमा ४ हजार ३ सय ६४ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । यसैगरी २ हजार ६ सय ७५ जना संक्रमणमुक्त भएका छन् । काठमाडौं उपत्यकामा मात्र २ हजार ५ सय ४० जना नयाँ संक्रमित थपिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस