विश्वमा एकै दिन ३ लाख ३८ जनामा कोरोना संक्रमण

जनकपुरधाम । विश्वमा पछिल्लो २४ घण्टामा ३ लाख ३८ हजार ७७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित थपिएको संख्या अहिलेसम्मकै उच्च हो ।

यसअघि सबैभन्दा धेरै अक्टोबर २ मा ३ लाख ३० हजार ३४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ६० लाख २ हजार ८२७ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ४९ हजार ८१० संक्रमितको मृत्यु भइसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस