भारतका केन्द्रीय मन्त्री एवम् दलित आन्दोलनका अगुवा पासवानको निधन

जनकपुरधाम । भारतका केन्द्रीय खाद्यमन्त्री मन्त्री एवम् दलित आन्दोलनका अगुवा रामविलास पासवानको निधन भएको छ ।

उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरणमन्त्री पासवानको ७४ वर्षको उमेरमा बिहीबार साँझ निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनको केही दिनअघि दिल्लीको एक अस्पतालमा मुटुको शल्यक्रिया गरिएको थियो । ९ पटक लोकसभा तथा २ पटक राज्यसभामा उनी सांसद भएका थिए । उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस